विश्व स्वास्थ्य संगठनमाथि पुनः भड्किए ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरसमाथि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनको क्रममा एकपटक पुनः विश्व स्वास्थ्य संगठनमाथि रिस पोखेका छन् ।
ट्रम्पले आफूले जे सोचेको ठ्याक्कै त्यस्तै नै भएको बताए । उनले एउटै कुरा पुनः दोहोराउँदै भने, ‘कोरोनाभाइरसको संक्रमणका लागि मैले चीनका लागि अमेरिकी सीमा बन्द गर्ने घोषणा गर्दा यो निर्णयको व्यापक आलोचना गरियो ।’
उनी थप्छन्, ‘अन्य देशले विश्व स्वास्थ्य संगठनमाथि विश्वास गरे जुन अत्यन्त दुःखदायी हो । ती देशहरुले संगठनलाई विश्वास गरेर कुनै प्रतिबन्ध लगाएनन् । अब तपाईंहरुले देख्नुभएको छ कि इटली, स्पेन र फ्रान्समा के भइरहेको छ । भयानक गल्ती भएको छ र सायद उनीहरुलाई यो कुरा राम्रोसँग थाहा होला ।’
ट्रम्पले विश्व स्वास्थ्य संगठनको भूमिकामाथि प्रश्न उठाउँदै मंगलबार अमेरिकाले प्रदान गर्दै आएको रकम रोक्ने निर्णय गरेका थिए ।
Press Briefing with Coronavirus Task Force https://t.co/yKjFhR4TfY
— The White House (@WhiteHouse) April 15, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
