स्पेनिस ला लिगा फुटबल सुचारु हुनेमा शंका
शुक्रबार, ०५ वैशाख २०७७, ०९ : ४२
एजेन्सी : कोरोना भाइरसको बढ्दो महामारीका कारण स्पेनिस ला लिगा फुटबल सुचारु हुनेमा शंका उब्जिएको छ ।
बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले अब ला लिगाको बाँकी खेल हुन कठिन रहेको बताएका छन् । ‘लिगका अध्यक्ष जेभियर टेवासले अर्को महिना लिग हुन्छ भनेका छन् ।
तर स्पेनमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ । मलाई लिन सुचारु होला जस्तो लाग्दैन । स्पेन सहज रुपमा फर्किन धेरै समय लाग्छ,’ सर्जियोले भने । उनले सबै खेलाडी राम्रो समाचारको प्रतिक्षामा रहेपनि लिग हुन मुस्किल रहेको दोहोर्याए ।
लिगमा २७ चरणको खेल सकिँदा साविक विजेता बार्सिलोना शीर्षस्थानमा छ । बार्सिलोनाको ५८ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५६ अंक छ । युरोपमा महामारीको रुप लिएको कोरोनाको बढी संक्रमण भएको देशमध्ये स्पेन इटालीपछि दोस्रो देश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण