चीनद्वारा ऊहानमा कोरोनासंक्रमित मृतकको संशोधित आँकडा जारी
शुक्रबार, ०५ वैशाख २०७७, १० : ३८
चीनको ऊहान शहरमा संक्रमणका कारण मृत्यु हुनेको संशोधित आँकडा जारी गरिएको छ ।
ऊहान शहरबाटै कोरोनाभाइरस सुरु भएको थियो र त्यसपछि यो संसारभरी फैलियो ।
सुरुमा चीनले ऊहान शहरमा २६ सय ६० को मृत्यु भएको बताएको थियो तर संशोधित आँकडाका अनुसार ऊहानमा १२ सय ९ जना थप व्यक्तिको मृत्यु भएको थियो ।
अर्थात् ऊहानमा मृतकको कूल संख्या ३८ सय ६९ पुगेको छ ।
पछिल्लो आँकडाको तुलनामा नयाँ आँकडा करिब ४५ प्रतिशत बढी छ ।
बीबीसीका रोबिन ब्रेन्टका अनुसार अस्पताल बाहिर मृत्यु भएका र मृतकको जानकारी ढिला गरी आएकाहरुलाई पनि समावेश गर्दा मृतकको संख्यामा बढोत्तरी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण