कोरोनाभाइरसका कारण मृत्युको मामलामा चीन पहिलो नम्बरमा, अमेरिका त छेउछाउ पनि छैनः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबैभन्दा धेरै चीनमा मृत्यु भएको दाबी गर्दै अमेरिका त चीनको छेउछाउ पनि नभएको बताएका छन् ।
ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनको शनिबारको आयोजनामा अमेरिकी राष्ट्रपतिले यस्तो दाबी गरेका हुन् ।
यसबारे उनले भने, ‘कोरोना भाइरसका कारण भएको मृत्युको मामलामा अमेरिका पहिलो नम्बरमा होइन । पहिलो नम्बरमा चीन छ । हामी त उसको छेउछाउ पनि छैनौं । यो मलाई पनि थाहा छ र उनीहरुलाई पनि थाहा छ ।’
उनले अन्य देशमा भइरहेको मृत्युको आँकडाबारे पनि उक्त पत्रकार सम्मेलनमा कुराकानी गरे ।
उनका अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण भइरहेको मृत्युदर युरोपको देशभन्दा कम छ ।
ट्रम्पले भने, ‘जर्मनीको यो मामलामा अपवाद हो । ब्रिटेन, स्विटजरल्याण्ड, बेल्जियम र फ्रान्सको तुलनामा अमेरिकामा कोरोनाका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर त अमेरिकाभन्दा चार गुणा बढी छ ।’
ट्रम्पले यसअघि पनि चीनमा कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु भएको दाबी गर्दै चीनले मृतकको आँकडा लुकाएको आरोप पनि लगाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण