बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

लकडाउनमा हुने घरेलु हिंसाको विरुद्ध आवाज उठाउन बलिउड सेलिब्रेटीको आग्रह

सोमबार, ०८ वैशाख २०७७, ०९ : ४०
सोमबार, ०८ वैशाख २०७७

एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट बच्न आह्वान गरिएको लकडाउनका बीच बढिरहेको घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउडका सेलिब्रेटीले आग्रह गरेका छन् । 

बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीदेखि खेलाडीसम्मले पछिल्लो समय लकडाउनमा घरभित्र महिलाहरुले भोगिरहेको हिंसाको विरुद्ध लड्न र प्रहरीमा उजुरी गर्न समेत आग्रह गरेका छन् । 

हालै सार्वजनिक भएको भिडियोमा विराट कोहली, अनुष्का शर्मा, माधुरी दीक्षित र विद्या बालनजस्ता केही हस्तीहरुले घरेलु हिंसाको विरुद्ध आवाज उठाउन सन्देश दिइरहेका छन् । भिडियोमा उनीहरु सबैलाई अपिल गरिहेका छन् । हिंसा भएको देखे आवाज उठाउन र दुर्व्यवहारको विरुद्ध उजुरी दिन समेत आग्रह गरेका छन् । 

भिडियोमा भनिएको छ, ‘आउनुस्, हामी घरेलु हिंसामाथि लकडाउन गरौँ । यदि तपाईं घरेलु हिंसाबाट पीडित हुनुहुन्छ भने उजुरी दर्ता गराउनुहोस्  । यो समय चुपचाप लागेर बस्ने समय होइन ।’

यसैगरी, माधुरी दीक्षितले भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘हामी कोरोनाजस्तो महामारीसँग लडिरहेका छौँ । त्यहीमाथि घरेलु हिंसाको शिकारका घटनाहरु हुनु निकै दुखद हो । यसको विरुद्ध आवाज उठाउनुस् र १०० नम्बर डायल गर्नुहोस् ।’

त्यस्तै, क्रिकेटर रोहित शर्मा, अभिनेता राहुल बोस, फरहान अख्तर र फिल्म निर्माता करण जौहर पनि भिडियोमा सहभागी भएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप