लकडाउनमा हुने घरेलु हिंसाको विरुद्ध आवाज उठाउन बलिउड सेलिब्रेटीको आग्रह
एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट बच्न आह्वान गरिएको लकडाउनका बीच बढिरहेको घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउडका सेलिब्रेटीले आग्रह गरेका छन् ।
बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीदेखि खेलाडीसम्मले पछिल्लो समय लकडाउनमा घरभित्र महिलाहरुले भोगिरहेको हिंसाको विरुद्ध लड्न र प्रहरीमा उजुरी गर्न समेत आग्रह गरेका छन् ।
हालै सार्वजनिक भएको भिडियोमा विराट कोहली, अनुष्का शर्मा, माधुरी दीक्षित र विद्या बालनजस्ता केही हस्तीहरुले घरेलु हिंसाको विरुद्ध आवाज उठाउन सन्देश दिइरहेका छन् । भिडियोमा उनीहरु सबैलाई अपिल गरिहेका छन् । हिंसा भएको देखे आवाज उठाउन र दुर्व्यवहारको विरुद्ध उजुरी दिन समेत आग्रह गरेका छन् ।
भिडियोमा भनिएको छ, ‘आउनुस्, हामी घरेलु हिंसामाथि लकडाउन गरौँ । यदि तपाईं घरेलु हिंसाबाट पीडित हुनुहुन्छ भने उजुरी दर्ता गराउनुहोस् । यो समय चुपचाप लागेर बस्ने समय होइन ।’
यसैगरी, माधुरी दीक्षितले भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘हामी कोरोनाजस्तो महामारीसँग लडिरहेका छौँ । त्यहीमाथि घरेलु हिंसाको शिकारका घटनाहरु हुनु निकै दुखद हो । यसको विरुद्ध आवाज उठाउनुस् र १०० नम्बर डायल गर्नुहोस् ।’
त्यस्तै, क्रिकेटर रोहित शर्मा, अभिनेता राहुल बोस, फरहान अख्तर र फिल्म निर्माता करण जौहर पनि भिडियोमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण