उत्तर कोरियाली शासक किम जोङ ऊन गम्भीर बिरामी !
उत्तर कोरियाली शासक किम जोङ ऊन गम्भीर बिरामी भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले बताएको छ । अमेरिकी अधिकारीले गुप्तचरको सूचना अनुसन्धान गर्दा शल्यक्रियापछि किमको स्वास्थ्यमा गम्भीर खतरा देखिएको जानकारी दिएका छन् ।
किम अप्रिल १५ मा आयोजना भएको हजुरबुवाको जन्मदिनको कार्यक्रममा सरिक नभएपछि उनको स्वास्थ्यबारे चासो दिन थालिएको थियो । उनलाई अप्रिल ११ मा सरकारी बैठकमा अन्तिम पटक देखिएको थियो ।
अर्का अमेरिकी अधिकारीले सीएनएनसँगको कुराकानीमा किमको स्वास्थ्य अवस्था ठिक नभएको कुरा साँचो भएको बताउँदै कति गम्भीर छ भनेर थाहा पाउन मुश्किल भएको बताए ।
उत्तर कोरियाबारे विशेष चासो राख्ने दक्षिण कोरियाको अनलाइन पोर्टल डेली एनकेले किम अप्रिल १२ मा मुटुसम्बन्धि केही प्रक्रियाबाट गुज्रिएको बताएको छ ।
उक्त पोर्टलले किमको अत्यधिक धुम्रपानको लत, मोटोपना र असाध्यै काम गर्ने बानीका कारण उनी मुटुसम्बन्धि केही प्रक्रियाबाट गुज्रनु परेको बताएको छ । उक्त प्रक्रियापछि उनको ह्याङसान काउन्टीमा थप उपचार भइरहेको पनि उक्त पोर्टलले बताएको छ ।
किमको स्वास्थ्यमा सुधार आइरहेको भन्ने निष्कर्ष निकालेर उनको उपचारमा खटेका थुप्रै स्वास्थ्यकर्मी अप्रिल १९ मा प्योंगयाङ फर्किसकेको र थोरै मात्र स्वास्थ्यकर्मी उनीसँग भएको पनि उक्त अनलाइन पोर्टलले जानकारीमा उल्लेख गरेको छ ।
उत्तर कोरियाको गोप्य खबर थाहा पाउनु निकै नै गाह्रो छ । अमेरिकी गुप्तचरका लागि यो सबैभन्दा चुनौतीपूर्ण काम हो ।
‘किमको स्वास्थ्यबारे विभिन्न हल्ला आइरहेकै छन् । यदि किम अस्पताल भर्ना भएका हुन् भने उत्तर कोरियामा निकै महत्व मानिने अप्रिल १५ को उत्सवमा उनी सरिक नहुनुको यो एउटा कारण हुनसक्छ,’ उत्तर कोरियाका लागि सिआईएका पूर्व डेप्युटी डिभिजन चीफ ब्रुस क्लिग्नरले भने । ‘तर विगतमा किम जोङ–उन र उनका बुवाबारे गलत समाचार पनि फैलिएको छ । यो पर्खने र हेर्ने बेला हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण