केटाकेटीका निम्ति युट्यूबमा स्वरमाला र बर्णमालाको सांगीतिक रचना
काठमाडौं । बालबालिकाहरुलाई घरमै बसेर नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले नेपालयले संगीतकार तथा गीतकार आभासँंगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ ।
नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा यो रचना ल्याइएको हो ।
गत तिहारमा नेपालयले बालबालिकाको निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो । अहिले स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक गरेको छ ।
स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले ‘अक्कलमान’ नामको चरित्र निर्माण गरेका छन् ।
अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म’ स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर(अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुका साथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्याउने बिश्वास नेपालयको रहेको छ ।
‘वर्णमाला र स्वरमालाका साथै बालबालिकाका निम्ति उपयुक्त गीति रचनाहरूमा थप काम भइरहेको छ । यो शृंखलामा विषयको विविधता समावेश गरिने छ । यसलाई हाम्रो ’बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गर्नुका साथै पुस्तक पनि प्रकाशन गर्ने छौं’ नेपालयका किरण कृष्ण श्रेष्ठले भने ।
वर्णमालामा चर्चित गायिकाहरु (मीना निरौला र बेनुका राई)ले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा सवारी दुर्घटना बढे पनि घट्यो मृत्यु हुनेको सङ्ख्या, कारबाही र राजस्वमा पनि कमी
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण