अछाममा २० वर्षीया युवतीको आरडीटी परीक्षण पोजेटिभ
अछाम । अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडीटी परीक्षण गर्दा ती युवतीको रिपोर्ट पोजिटिभ आएको हो ।
ती युवती काठमाडौँबाट आएको र अन्य ५ जना आफ्नो डडेल्धुरा वसेको परिवारलाई भेटी अछाम आएको वान्नीगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्र खडकाले रातोपाटीलाई जानकारी दिए ।
अहिले ६ जनालाई नै वयलपाटा अस्पतालमा पठाएको र सवैको स्वाव संकलन गरी धनगढीको पीसीआर मेसिनमा चेक गर्न पठाइन थालेको उनले बताए । वान्नीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तबहादुर रावलले दुई पटकसम्म पनि आरडीटी वाट चेक गर्दा ती युवतीमा पोजिटिभ रिपोट नै आएको बताए ।
उनीसँगै क्वारेन्टाइनमा बसेका ५ जनाको भने रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । ६ जनाको हिजो साँझ आरडीटी परीक्षण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण