अमेरिकी प्रान्तद्वारा चीनविरुद्ध मुद्दा दर्ताः के चीन डराउनु पर्ला ?
अमेरिकी प्रान्त मिजूरीले कोरोनाभाइरसका लागि चिनियाँ सरकारविरुद्ध एक सिभिल मुद्दा दर्ता गरेको छ । यो मुद्दा त्यतिबेला दायर गरिएको हो जब अमेरिकाले कोरोना महामारीका लागि चीनमाथि लगातार औंला उठाइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महामारीको सुरुवाती दिनमा चीनले निकै राम्रोसँग महामारी सम्हालेको भन्दै तारिफ गरेका थिए तर जब अमेरिकामा यो महामारीको प्रकोप बढ्यो तब उनले चीनमाथि औंला उठाउँदै यसका लागि चीन जिम्मेवार भएको आरोप लगाउँदै आएका छन् ।
यसै वर्ष नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । मिजूरीद्वारा दर्ता गरिएको यो मुद्दाका साथै अन्य अमेरिकी कम्पनीद्वारा दर्ता गरिएको मुद्दा ट्रम्पको रिपब्लिकन पार्टीको सरकारको अन्त्यको कारण बन्ने हो कि भन्दै राजनीतिक जानकारले अनुमान गरेका छन् ।
युनिभर्सिटी अफ शिकागोमा इन्टरनेशनल लका प्राध्यापक टम गिन्सबर्गले समाचार एजेन्सी रोयटर्ससँगको साक्षात्कारमा भने, ‘हामीले देखिरहेका छौं कि धेरैजसो मानिसहरुले अमेरिकी सरकारको कमजोरी ढाक्नका लागि चीनविरुद्ध मुद्दा हाल्ने कुरामा केन्द्रीत भइरहेका छन् ।’
चीन आफैं पनि यस्तो प्रकारको मुद्दाबाट केही हदसम्म डराएको हुनसक्छ । अमेरिकी अदालतमा मुद्दा मामिलाबाट विदेशी सरकार सुरक्षित छन् र यदि अमेरिकाले चीनविरुद्ध यस्तो दाबी गर्छ भने उसले अन्तर्राष्ट्रिय मञ्चमा गर्नुपर्नेछ जहाँ चीनसँग पनि आफ्नो जवाफ दिने पूरा अधिकार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण