अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले नेपालमा असर पर्दैन : निगम
बिहीबार, ११ वैशाख २०७७, ०७ : ३१
काठमाडौं : अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । बन्दाबन्दीका कारण मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ ।
निगमका अनुसार नेपालमा खाडी देशहरूबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले खाडी राष्ट्रको बजारबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने “अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन ।
त्यहाँको तेलको क्वालिटी पनि फरक हो । हामीकहाँ गल्फबाट आउने हो तेल । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावबारे नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण