कोरोना संक्रमितको विषयमा चीनमाथि पुनः तेर्सियो प्रश्न
कोरोनाभाइरस संक्रमणको पहिलो चरणमा नै चीन करिब दुई लाख ३२ हजार बढी संक्रमित भएको दाबी गरिएको छ । यो आँकडा चीनले जारी गरेको सरकारी आँकडाभन्दा चार गुणा बढी हो ।
हङ्गकङका अनुसन्धानकर्ताले आफ्नो अध्ययनमार्फत् सो कुरा दाबी गरेका हुन् ।
चीनमा २० फेब्रुअरीसम्म ५५ हजार संक्रमित दर्ता गरिएका थिए तर हङ्गकङ युनिभर्सिटीको स्कूल अफ पब्लिक हेल्थका अनुसन्धाताका अनुसार कोभिड–१९ को परिभाषा जुन पछि प्रयोग गरिएको थियो, यदि त्यो सुरुमा नै प्रयोग गरिएको भए संक्रमितको आँकडा योभन्दा अत्यधिक हुन्थ्यो । यो सोध लासेन्टमा प्रकाशित भएको छ ।
चीनमा हालसम्म ८३ हजार संक्रमित भेटिएको बताइएको छ । संसारभरी कोरोनाभाइरसको संक्रमण बढेर २६ लाख पार भइसकेको छ जबकी मृतकको संख्या १ लाख ८४ हजार माथि पुगेको छ ।
चीनको राष्ट्रिय आयोगले १५ जनवरीदेखि ३ मार्चसम्म कोभिड १९ को विषयमा सात संस्करणमा परिभाषा जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण