लकडाउनको समयमा भारतबाट धमाधम कोइला भित्रिँदै
कैलाली । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउनलाई चुनौती दिँदै सुदूरपश्चिम प्रदेशमा भारतबाट धमाधम कोइला आयात हुन थालेको छ ।
अत्यावश्यक वस्तु तथा सेवाका लागि लकडाउनमा ढुवानी अनुमति दिइएको भए पनि ईटा भट्टा संचालनका लागि प्रदेशका विभिन्न नाकाबाट कोईला आयात हुन थालेका हुन् ।
लकडाउन यता टिकापुरको खग्रौलास्थित सत्ती भन्सार कार्यालयको नाका वाट १७ ट्रक कोइला आयात भएको निमित्त प्रमुख धर्म विकले बताए ।
भन्सार विभागबाट कुन समान आउन दिने र कुन सामान आउन नदिने भन्ने परिपत्र नआएका कारण आफूहरुले कोईला भित्रिन दिएको उनको भनाइ छ । रोक्न खोज्दा आयातकर्ता नै झगडा गर्न आउने गरेको उनले बताए ।
धनगढीको त्रिनगर भन्सार नाकाबाट १५ ट्रक कोईला आयात भएको छ ।
त्रिनगर भन्सार कार्यालयका निमित्त प्रमुख डिल्लीप्रसाद शर्माले कहिले काहीँ कोइला आउने गरेको र सावधानी अपनायर जाँचपास गरि भित्रिन दिइएको बताए । नागरिकस्तरबाट विरोध भइरहेका कारण आफूहरुले आयातकर्तासँग यसबारे कुरा गरिरहेको उनको भनाइ छ ।
कोभिड १९ को जोखिम बढ्न सक्ने भन्दै स्थानीय तहहरुले कोईला आयात तत्काल बन्द गर्न माग गरेको टिकापुर नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाले रातोपाटीलाई जानकारी दिए ।
सरकारले अत्यावस्यक बस्तुबाहेक आयात गर्न नपाउने भने पनि नाकाबाट दैनिक काईला भित्रिनु दुर्भाग्य रहेको उनले बताए । कोईला बोकेको ट्रकमा मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्न थालेको उनको भनाइ छ ।
संक्रमणको जोखिम बढ्न सक्ने भन्दै तत्काल कोईला आयातमा रोक लगाउनु पर्ने टिकापुर नगरपलिका–७ का गणेश क्षेत्रीले बताए । कोइला आयात तत्काल नरोकिए सडकमा उत्रने चेतावनीसमेत उनले दिए ।
भारतमा कोभिड–१९ को संक्रमण बढिरहेको बेला भारतबाटै कोईला भित्रिन दिँदा संक्रमणको जोखिम बढ्ने उनले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोईला आयातमा नेपाल सरकारले रोक नलगाएको प्रष्ट पारे । सावधानी अपनाएर आउन दिने गरेको उनले बताए ।
सरकारले नै भन्सार कार्यालयलाई आयात रोक्न निर्देशन दिएमात्र आयात रोक्न सम्भव हुने बताउदै उनले तत्काल कानुनले कोईला आयातलाई रोक्ने व्यवस्था नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण