सिटिजन लाइफको प्रिमियम अब फोन पेमार्फत तिर्न सकिने
काठमाडौं– ग्राहकहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरु ल्याउन सदैव अग्रिणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन पेको शुभारम्भ गरेको छ ।
अनलाईन पेमेन्ट सिस्टम फोन पेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरुपमा भुक्तानी गर्न सकिन्छ ।
कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि ई–सेवा तथा डिजिटल बैंकिङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बिमामा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस फोन पे एपले बीमा शुल्क तिर्न थप विकल्प हुनुका साथै अझै थप सहजता प्रधान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण