खाना पकाउने ग्यासको माग आधा घट्यो
आइतबार, १४ वैशाख २०७७, ०७ : ४२

काठमाडौं : महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ ।
महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग अत्यधिक बढेपछि एउटा सिलिन्डर भर्न उपभोक्तालाई घन्टौं लाइन बस्नुपरेको थियो ।
एउटा ग्यास सिलिन्डर भर्न उपभोक्ताले लामो लाइनबस्नु पर्ने भएपछि नेपाल आयल निगमले ग्यासको सहज आपूर्तिका लागि ग्यास उद्योगीलाई आधा सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको थियो ।
अधिकांश उपभोक्ताले दुई महिनालाई पुग्ने ग्यास घरमा थन्क्याएको र होटेल रेष्टुरेन्ट बन्द भएकाले पनि अहिले खाना पकाउने एलपी ग्यासको खपत आधा नै घटेको हो । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
-
सगरमाथा आधारशिविरमा विशेष संवाद : गृहमन्त्री लेखक र प्रर्यटनमन्त्री पाण्डेलाई १६ बुँदे ध्यानाकर्षण
-
विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति
-
बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी