चीनको यो लक्ष्यलाई कोरोनाभाइरसले पूरा गरिदियो !
कोरोनाभाइरसका कारण संसारका धेरैजसो देशमा लकडाउन छ तसर्थ धेरैजसो देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रुपमा कम भएको छ । यस्तै धुलो र धुँवाले लगभग सबैजसो समय घेरिने गरेको चीनको उत्तरी प्रान्त हुबेईमा पनि हावा सफा भएको छ र प्रशासनले हावाको गुणस्तरका लागि जुन लक्ष्य राखेको थियो त्यो पूरा भएको छ ।
यद्यपि, स्थानीय अधिकारीले कोरोनाभाइरसका कारण गरिएको लकडाउन उल्लेख नगरीकनै प्रदुषणमा कमी आएको दाबी गरिरहेका छन् । प्रान्तीय पर्यावरण ब्यूरोका भाइस–हेड ही लिताओले अक्टोबर–मार्चको अवधिमा PM2.5 को औसत सान्द्रतामा १५ प्रतिशतको कमी आएको र सल्फरडाइअक्साइडको सान्द्रतामा पनि एक–तिहाई कमी आएको जानकारी दिएका छन् ।
धेरैजसो विशेषज्ञले पूरा चीनभरी नै वातावरण प्रदुषणमा कमी आएका कारण यो लकडाउनकै नतिजा हुनसक्ने बताएका छन् । चीनमा गत वर्षको अन्त्यमा नै कोरोनाभाइरस संक्रमणबारे पत्ता लागेको थियो जसका कारण सावधानी अपनाउँदै यहाँ लकडाउनको घोषणा गरिएको थियो । लकडाउनका कारण सडकमा यातायातका साधन, उद्योग, कल–कारखाना बन्द थिए ।
विशेषज्ञले यसैका कारण प्रदुषण कम भएको विश्वास गरेका छन् । अहिले पनि लाखौं मानिसहरु घरमा नै बसिरहेका छन् । सन् २०२० को सुरुवाती तीन महिनाको जुन आँकडा सार्वजनिक गरिएको छ, तीमध्ये ३ सयभन्दा बढी शहरमा फोक्सोलाई क्षती पुर्याउने PM2.5 कणको सान्द्रता लगभग १५ प्रतिशतसम्म कम भएको दाबी गरिँदै छ ।
सांघाईमा विषालु ग्यासको उत्सर्जनमा पहिलो त्रैमासिकमा लगभग २० प्रतिशतको गिरावट देखिएको छ जबकी ऊहानमा मासिक औसत गत वर्षको तुलनामा एक तिहाईभन्दा कम भएको छ । यद्यपि, हुबेई प्रान्तको पर्यावरण ब्यूरोले आफूहरु प्रतिकूल परिस्थितीमा पनि आफ्नो निर्णयमा कायम रहेको र त्यसको सही पालना गरिएका कारण स्थानीय स्तरमा प्रदुषणमा कमी देखिएको बताएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण