बालुवाटारको चर्काचर्कीपछि बोले वामदेव : पार्टीभित्र अनेकौँ समस्या छन्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपायक्ष बामदेव गौतमले अध्यादेश खारेज भएपनि पार्टीभित्र अनेकौँ समस्या रहेकाले पार्टीको बैठक आवश्यक रहेको बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले शनिबार आफू र प्रधानमन्त्री केपी ओलीबीच पार्टी र सरकारकाबीच उत्पन्न समस्या समाधानका बारेमा छलफल भएको बताएका छन् ।
त्यस्तै उनले समय र परिस्थति प्रतिकुल जारी अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौँ समस्या रहेकाले सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय कमिटी बैठक पनि बोलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई सुझाव दिएको बताएका छन् ।
‘यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ’उपाध्यक्ष गौतमले भनेका छन् ।
सो क्रममा ओली र गौतमबीच चर्काचर्की नै भएको स्रोतको दावी छ ।
तर गौतमले भने बैठकमा अध्यक्ष ओलीले आफ्नो कुरो धैर्यतापूर्वक सुनेको र थोरै बोलेको दावी गरेका छन् ।
यस्तो छ गौतमको विज्ञप्तिः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
