शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारको चर्काचर्कीपछि बोले वामदेव : पार्टीभित्र अनेकौँ समस्या छन्

आइतबार, १४ वैशाख २०७७, १२ : २८
आइतबार, १४ वैशाख २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपायक्ष बामदेव गौतमले अध्यादेश खारेज भएपनि पार्टीभित्र अनेकौँ समस्या रहेकाले पार्टीको बैठक आवश्यक रहेको बताएका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले शनिबार आफू र प्रधानमन्त्री केपी ओलीबीच पार्टी र सरकारकाबीच उत्पन्न समस्या समाधानका बारेमा छलफल भएको बताएका छन् । 

 त्यस्तै उनले समय र परिस्थति प्रतिकुल जारी अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौँ समस्या रहेकाले सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय कमिटी बैठक पनि बोलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई सुझाव दिएको बताएका छन् । 

‘यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ’उपाध्यक्ष गौतमले भनेका छन् ।

सो क्रममा ओली र गौतमबीच चर्काचर्की नै भएको स्रोतको दावी छ । 

तर गौतमले भने बैठकमा अध्यक्ष ओलीले आफ्नो कुरो धैर्यतापूर्वक सुनेको र थोरै बोलेको दावी गरेका छन् ।

यस्तो छ गौतमको विज्ञप्तिः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप