ग्लिसरीनबिना नै फिल्ममा रुने गर्थिन् यी अभिनेत्री
एजेन्सी : प्रसिद्ध अभिनेत्री मौसमी चाटर्जीले बेग्लाबेग्दै अभिनयका कारण हिन्दी र बंगाली फिल्ममा आफ्नै अलग्गै पहिचान बनाइन् । चाटर्जीले सन् १९६७ मा ‘बालिका बधू’ बंगाली फिल्मबाट करियर सुरु गरेकी थिइन् । उनले १९७२ मा ‘अनुराग’ फिल्मबाट हिन्दी फिल्ममा पाइला राखेकी थिइन् ।
कोलकातामा जन्मिएकी चाटर्जीले ‘अंगुर’, ‘मंजिल’, ‘रोटी कपडा और मकान’ जस्ता फिल्ममा काम गरेकी छिन् । उनले राजेश खन्ना, शशि कपूर, जीतेन्द्र, संजीव कुमार र विनोद मेहरासँग स्क्रीन सेयर गरेकी छिन् ।
मौसमी चाटर्जी हिन्दी फिल्ममा सबैभन्दा बढी पारिश्रमिक लिने मध्येमा पर्छिन् । उनी भारतीय जनता पार्टी (बीजेपी) मा सन् २०१९ जनवरी २ मा पार्टी प्रवेश गरिन् ।
मौसमी चाटर्जीले भावनात्मक सीनहरु सजिल्यै गर्ने गर्थिन् । फिल्ममा रुनको लागि उनलाई ग्लिसरीन र अन्य चीजहरुको प्रयोग गर्न आवश्यकता पर्दैन थियो । उनी फिल्मको कथामा निकै डुब्ने गरेकाले फिल्मका रुनको लागि ग्लिसरीनको आवश्यकता नपर्ने एक अन्तरवार्तामा बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण