शंघाईमा खुले स्कूल तर आशंका कायम
चीनको सबैभन्दा ठूलो शहर शंघाईमा विद्यार्थी विद्यालय जान सुरु गरेका छन् ।
शंघाईमा हाई स्कूल र मेडिकल स्कूलको अन्तिम वर्षका विद्यार्थीहरु विद्यालय जान सुरु गरेका छन् । यसका साथै बेइजिङमा विद्यार्थीलाई युनिभर्सिटीको प्रवेश परीक्षाको तयारीका लागि स्कूल जान अनुमती दिइएको छ । यो प्रवेश परीक्षा जुलाईमा हुँदैछ ।
चीनका अन्य हिस्सामा पनि केही हप्ता अघि देखि नै स्कूल खोलिएका छन् । ऊहान जहाँबाट कोरोनाभाइरसको संक्रमण सुरुवात भएको थियो, त्यहाँ ६ मेदेखि स्कूल खोलिँदैछन् ।
चीनको सरकारले कोरोनाको संक्रमणमाथि निकै हदसम्म नियन्त्रण पाइसकेको दाबी गरेको छ । चीनमा गत शुक्रबारदेखि हालसम्म २६ नयाँ संक्रमित देखिएका छन् । यसका साथै चीनमा कूल संक्रमितको संख्या ८२ हजार ८ सय ३० पुगेको छ । चीनले ऊहानमा हालसम्म कुनै पनि बिरामी नभएको र सबैलाई अस्पतालबाट छुट्टी दिइएको जानकारी दिएको छ ।
यद्यपि, अहिले पनि संक्रमणको दोस्रो छाल आउने आशंका छ र समाजिक दुरीलाई कडा रुपमा पालना गरिँदैछ । स्कूल जाने विद्यार्थीहरुलाई मास्क लगाउन र दुरी बनाएर बस्न अनिवार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण