अक्षय कुमारले मुम्बई प्रहरीलाई दिए २ करोड सहयोग
एजेन्सी : बलिउड अभिनेता अक्षय कुमारले मुम्बई प्रहरीलाई २ करोड भारतीय रुपियाँ सहयोग गरेका छन् । उनले यसअघि पनि प्रधानमन्त्री राहत कोषका लागि २५ करोड भारतीय रुपियाँ सहयोग गरेका थिए । साथै, महाराष्ट्रको मुख्यमन्त्री राहत कोषमा पनि सहयोग गरेका थिए ।
अक्षयलाई धन्यबाद दिँदै मुम्बई प्रहरी फाउन्डेशनले ट्विटरमा लेखेको छ, ‘मुम्बई प्रहरी फाउन्डेशनको लागि २ करोड सहयोग गरेकोमा मुम्बई प्रहरी अभिनेता अक्षय कुमारलाई धन्यवाद व्यक्त गर्दछ । तपाईंको सहयोगले शहरको सुरक्षाका लागि खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीको जीवन रक्षाका लागि निकै मद्दत पुग्नेछ ।’
I salute @MumbaiPolice headconstables Chandrakant Pendurkar & Sandip Surve, who laid their lives fighting Corona. I have done my duty, I hope you will too. Let’s not forget we are safe and alive because of them 🙏🏻 https://t.co/mgJyxCdbOP pic.twitter.com/nDymEdeEtT
— Akshay Kumar (@akshaykumar) April 27, 2020
उक्त ट्विटरको जवाफ दिँदै अक्षयले लेखेका छन्, ‘म मुम्बई प्रहरीका प्रमुख कन्स्टेबल चन्द्रकान्त पेन्डुरकर र सन्दीप सुर्वेको सलाम गर्न चाहान्छु । जसले कोरोनासँग लड्दा–लड्दै बलिदानी दिए । मैले आफ्नो काम गरिदिँए । आशा छ, तपाईं पनि गर्नुहुन्छ । हामीले प्रहरीकै कारण सुरक्षित भएको कुरा भुल्नुहुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण