न्यूजिल्याण्डमा खोलिए रेष्टुरेन्ट, आफन्तलाई भेट्न सकिने
मङ्गलबार, १६ वैशाख २०७७, ११ : ५८
न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ । न्यूजिल्याण्ड कोरोनाको अति उच्च जोखिमबाट एक तह तल झरेको छ ।
अब न्यूजिल्याण्डमा तेस्रो स्तरको लकडाउन छ । यसअन्तर्गत मानिसहरु अहिले पनि आफ्नो घरभित्रै बस्नुपर्छ तर उनीहरु आफ्ना नजिकका आफन्तलाई भेट्न सक्छन् र आइसोलेशनमा बसिरहेका मानिसहरुलाई मद्दत गर्न सक्छन् ।
मानिसहरु सम्भव भएसम्म आफ्नो घरमै बस्ने कोसिस गर्नुपर्छ र पसलेहरुले सम्पर्कविहिन सेवा प्रदान गर्न सक्छन् ।
रेष्टुरेन्टमा हालसम्म अनलाइन डेलिभरीको सुविधा थियो भने अब त्यहाँबाट खाना प्याक गरेर लैजान सकिन्छ ।
मानिसहरु आफ्ना नजिकका आफन्त र परिवारका सदस्यसँग पार्क वा समुद्र किनारमा जान सक्छन् ।
स्कूल खोल्न सकिनेछ तर उनीहरुले सामाजिक दूरीको पालना गर्नुपर्नेछ । ठूलो संख्यामा मानिसहरु जम्मा हुन र सार्वजनिक स्थान खोल्न अहिले पनि प्रतिबन्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण