सिटिजन लाइफका एजेन्सी म्यानेजरहरुको पनि कोरोना बिमा
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाभाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि रु. १ लाखको बिमालेख प्रदान गरेको छ । जीवन बिमा व्यवसायको विकास र विस्तारका लागि बिमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन ।
कम्पनीसँग आवद्ध बिमा अभिकर्ता (सिटिजन लिडर)हरुको कार्य दक्षता अभिवृद्धि गरी उत्पादकत्व बढाउन तथा यस पेशालाई अझ मर्यादित एवम् व्यवसायिक बनाउन सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सिटिजन लाइफले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई रु. १ लाखको कोरोनाभाइरस, कोभिड–१९ बिमा सुविधा उपलब्ध गराएको छ । उक्त सुविधा कम्पनीले निर्र्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बिमालेख खरिद गरी उपलब्ध गराएको हो ।
बीमा समितिको निर्देशनबमोजिम कोरोनाभाइरस रोगको रक्षावरण गर्नका लागि कोरोनाभाइरस (कोभिड–१९) नयाँ बिमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो ।
कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बिमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बिमालेखले बिमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान हुने कम्पनीले जनाएको छ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधार क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहँदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण