ट्रम्पको दाबीः अमेरिकाले एकदिनमा गर्नेछ ५० लाखको परीक्षण
अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या संसारकै धेरै हुनुमा दुई कारण बताइएको छ । एक त त्यहाँ जनसंख्या धेरै भएको बताइएको छ भने अर्को कारणमा त्यहाँ अत्यधिक मात्रामा परीक्षण गरिएको बताइएको छ ।
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा पछिल्लो दुई महिनामा ५७ लाख परीक्षण गरिएको छ । यो आँकडा सुन्दा त धेरै लाग्छ तर साइन्सको अनलाइन प्रकाशन आवर वर्ल्ड इन डेटाका अनुसार अमेरिकामा प्रति हजार व्यक्तिमा १६.३ परीक्षण भएको छ जुन इटलीभन्दा कम हो । इटलीमा प्रति हजार व्यक्तिमाथि ३०.६ परीक्षण भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका चाँडै नै एक दिनमा पचास लाख परीक्षण गर्न सक्षम हुने बताइएको छ । उनले भने, ‘हामी चाँड नै त्यहाँ पुग्न लागेका छौं ।’
रिपोर्टका अनुसार अमेरिकामा हाल दुई लाख परीक्षण भइरहेको छ ।
अमेरिकामा कसको परीक्षण गरिएको छ र कसको छैन भनेर स्पष्ट जानकारी प्राप्त छैन । तर सिमित संख्यामा परीक्षण भइरहेको अर्थ यो हो कि अति आवश्यक भएका व्यक्तिहरुका लागि मात्रै परीक्षण गरिएको अनुमान गर्न सकिन्छ । यसमा अस्पतालमा भर्ना बिरामी, स्वास्थ्यकर्मी र जेल वा केयर होमजस्ता स्थानमा समूहमा बस्ने व्यक्ति समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण