आज पृथ्वीको नजिक भएर गुज्रदैछ क्षुद्रग्रह
लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर बुधबार गुज्रिदैछ । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् ।
५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो क्षुद्रग्रह सन् १९९८ मा पहिलोपटक देखिएको थियो । बुधबार यो पृथ्वीबाट ३९ लाख ८ हजार ७९१ माइल्स टाढाबाट १९ हजार ४६१ माइल्स प्रति घण्टाको रफ्तारमा गुज्रनेछ । यो दुरी पृथ्वी र चन्द्रमाको दुरीभन्दा १६ गुणा बढी हो ।
नासाका अनुसार यो क्षुद्र ग्रह भारतीय समयअनुसार बुधबार ३ बजेर २६ मिनेटबाट यो पृथ्वीको नजिक आइपुग्नेछ ।
नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट (एनइओ) ले पृथ्वीसँग ठोक्किन सक्ने यस्ता क्षुद्र ग्रहहरुको अध्ययन गर्दछ ।
यसलाई द भर्चुअल टेलिस्कोपको वेबसाइटबाट हेर्न सकिन्छ ।
यो अहिलेसम्म पृथ्वीको नजिकबाट गुज्रिएको सबैभन्दा ठूलो क्षुद्र ग्रह भने होइन । सन् २०१७ को सेप्टेम्बरमा पृथ्वीको नजिकबाट गुज्रिएको ३१२२ फ्लोरेन्स (१९८१ इटी३) अहिलेसम्मकै सबैभन्दा ठूलो क्षुद्रग्रह हो । यो सेप्टेम्बर २, २०५७ मा पुनः पृथ्वीको नजिक आइपुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
