बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आज पृथ्वीको नजिक भएर गुज्रदैछ क्षुद्रग्रह

बुधबार, १७ वैशाख २०७७, १४ : १५
बुधबार, १७ वैशाख २०७७

लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर बुधबार गुज्रिदैछ । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् ।

५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो क्षुद्रग्रह सन् १९९८ मा पहिलोपटक देखिएको थियो । बुधबार यो पृथ्वीबाट ३९ लाख ८ हजार ७९१ माइल्स टाढाबाट १९ हजार ४६१ माइल्स प्रति घण्टाको रफ्तारमा गुज्रनेछ । यो दुरी पृथ्वी र चन्द्रमाको दुरीभन्दा १६ गुणा बढी हो ।


नासाका अनुसार यो क्षुद्र ग्रह भारतीय समयअनुसार बुधबार ३ बजेर २६ मिनेटबाट यो पृथ्वीको नजिक आइपुग्नेछ ।

नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट (एनइओ) ले पृथ्वीसँग ठोक्किन सक्ने यस्ता क्षुद्र ग्रहहरुको अध्ययन गर्दछ ।

यसलाई द भर्चुअल टेलिस्कोपको वेबसाइटबाट हेर्न सकिन्छ ।

यो अहिलेसम्म पृथ्वीको नजिकबाट गुज्रिएको सबैभन्दा ठूलो क्षुद्र ग्रह भने होइन । सन् २०१७ को सेप्टेम्बरमा पृथ्वीको नजिकबाट गुज्रिएको ३१२२ फ्लोरेन्स (१९८१ इटी३) अहिलेसम्मकै सबैभन्दा ठूलो क्षुद्रग्रह हो । यो सेप्टेम्बर २, २०५७ मा पुनः पृथ्वीको नजिक आइपुग्नेछ ।

स्रोतः सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप