के इबोलाको औषधीले ठिक हुनेछन् कोरोनाका बिरामी ?
अमेरिकी सरकारको संक्रामक रोगका लागि चर्चित विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाभाइरसको उपचारका लागि इबोलाको औषधीको सुरुवाती ट्रायलसँग आफू आशावादी भएको बताएका छन् ।
यो औषधीको नाम रेमडेसिवियर हो र यो एक एन्टी भाइरसल औषधी हो । सुरुवातमा यसलाई इबोलाको उपचारका लागि बनाइएको थियो ।
डाक्टर फाउचीले भने, ‘आँकडाले स्पष्ट देखाउँछ कि रेमडेसिवियरको प्रयोगपछि मानिसहरु चाँडै नै निको हुन्छन् । सुरुवाती आँकडामार्फत् थाहा भएको छ कि यो औषधीको सेवनपछि १५ दिनमा ठिक हुने बिरामी ११ दिनमा निको हुने गर्छन् । यो चमत्कारिक नलाग्न पनि सक्छ तर यो प्रमाणित भइसकेको छ कि इबोलाको औषधीले कोरोना भाइरसलाई रोक्न सकिन्छ ।’
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले रेमडेसिवियरको ट्रायल गरेको छ तर अहिले यसको नतिजा प्रकाशित भएको छैन ।
डाक्टर फाउचीको यो बयान यस्तो समयमा आएको छ जब मेडिकल जर्नल लेन्सेटले चीनमा रेमडेसिवियरको एउटा ट्रायलको विस्तृत जानकारी प्रकाशित गरेको छ । उक्त जर्नलमा रेमडेसिवियरले कोरोना भाइरसको बिरामीको स्वास्थ्य सुधार्न नसकिएको जिकिर गरिएको छ । यद्यपि, चीनमा यो ट्रायल पूरा हुन सकेको भने थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण