सास जानु अघि इरफानले भनेका थिए, ‘आमा मलाई लिन आउनुभयो’
बलिउडका सदाबहार अभिनेता इरफान खानको बुधबार दिउँसो ३ बजे मुम्बईमा अन्तिम संस्कार गरियो । यो मौकामा उनका दुई छोरा अयान र बाबिलबाहेक परिवारका केही सदस्य र नजिकका साथीको मात्रै उपस्थिती रह्यो । भारतीय मिडिया रिपोर्टका अनुसार उनलाई अस्पतालबाट सिधै चिहान लगिएको थियो । उनले बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरे ।
अन्तिम यात्रामा २० जनाको उपस्थितीः
उनको अन्तिम यात्रामा जम्माजम्मी २० जनाको मात्रै उपस्थिती थियो । पुलिसले लकडाउन र कोरोना संक्रमणका कारण इरफानको पार्थिव शरीर घर लैजाने अनुमती दिएनन् ।

इरफानकी श्रीमती पहेँलो कुर्तामा
सास जानुअघि आमालाई सम्झिएः
सेलिब्रिटी फोटोग्राफर विरल भयानीको पोस्ट अनुसार इरफान खानको सास जानुअघि उनले ‘आमा लिन आउनुभएको छ’ भनेका थिए । उनकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार निधन भएको थियो । लकडाउन र स्वास्थ्यमा समस्या भएपछि उनी आमाको अन्तिम श्रद्धाञ्जलीमा उपस्थित हुन सकेनन् । इरफानले भिडियो कलमार्फत् आमालाई अन्तिम पटक हेरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण