शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियाः समुद्री तटमा जुट्यो हज्जारौंको भीड, बन्द गर्ने आदेश

शुक्रबार, १९ वैशाख २०७७, ०६ : ५२
शुक्रबार, १९ वैशाख २०७७

अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेविन न्यूसमले ओरेन्ज काउन्टीका सबै समुद्री तट बन्द गर्न आदेश दिएका छन् ।

वास्तवमा, केहि दिनदेखि सोसल मिडियामा केही तस्बिर भाइरल भइरहेका थिए जसमा करिब ८० हजार मानिस समुद्री तटमा देखिएका थिए । यी तस्बिर सार्वजनिक भएपछि गभर्नरले भने, ‘तटका जुन तस्बिर हामीले देख्यौं त्यो तनाव दिने किसिमको छ ।’

क्यालिफोर्नियामा कोरोनाभाइरसका लगभग ५० हजार संक्रमित देखिएका छन् जहाँ लगभग २ हजारको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप