केन्याः गरिबीले थिचिएकी आमाले ढुङ्गा उमालेर बच्चालाई फकाइन्
कोरोना संकटले केन्यामा एक महिलालाई यति गरिब बनाइदियो कि उनले आफ्ना बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको भन्दै नाटक गर्नुपरेको थियो ।
आठ सन्तानकी यी महिलाको नाम पेनिना बहानी कित्साओ हो । पेनिना अशिक्षित र विधवा हुन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको काम ठप्प भयो ।
पेनिनाका लागि गरिबी र मुश्किल यति बढ्यो कि उनीसँग आफ्ना बच्चाका लागि खुवाउन केही पनि थिएन । त्यसकारण उनले आफ्नो बच्चालाई फकाउनका लागि ढुङ्गा उमाल्न सुरु गरिन् । पेनिनाले सोचिन् कि आमाले केही पकाएको देखेर बच्चाहरु कुर्दाकुर्दै निदाउनेछन् ।
एक छिमेकी उनको बच्चाहरु रोएको सुनेर केही समस्या त छैन भनेर हेर्न पुगिन् । त्यहाँ उनले जे देखिन् त्यसको भिडियो बनाइन् र यसबारे मिडियालाई जानकारी दिइन् ।
पेनिनाको कहानी सुनेर मानिसहरुले उनीहरुका लागि पैसा जम्मा गरिदिए । उनलाई केन्याभरीका मानिसहरुले फोन गर्न थाले । पेनिनाका एक छिमेकीले उनको बैंक अकाउन्ट खोलिदिए जसमार्फत् उनले पैसा पाइन् ।
पेनिनाले भनिन्, ‘मैले कहिले पनि सोचेकी थिइनँ कि केन्याका मानिसहरु यति सहयोगी हुन्छन् ।’
आफूमाथि सहयोग आउनुलाई उनी चमत्कारको संज्ञा दिन्छिन् । उनले भनिन्, ‘मेरा सन्तानलाई थाहा भयो कि मैले ढुङ्गा पकाएर उनीहरुलाई फकाउने कोसिस गरिरहेकी छु । तर मसँग अर्को कुनै विकल्प पनि थिएन ।’
केन्यामा हालसम्म ३ सय ९५ संक्रमित भेटिएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण