‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन
काठमाडौं । गायिका रानु देवी पौडेलको निधन भएको छ । बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
८५ बर्षीय रानुको आज शुक्रबार अन्त्येष्टी गरिने उनका नजिकका मित्र तथा लेखक शंकर खरेलले जानकारी दिए ।
२००७ सालको क्रन्तिको प्रचार प्रसारका लागि बिराटनगरको बोर्डरमा ‘प्रजातान्त्रिक नेपाल रेडियो’ खोलिएको थियो । उनी त्यसको पहिलो गायिका हुन् । उक्त रेडियोबाट उनले नेपालमै पहिलो पटक लाइभ गीत गाएकी थिइन् ।
उनले सो बेला प्रजातान्त्रिक आन्दोलनका लागि सर्वसाधारणलाई उत्साह र हौसला प्रदान गर्ने खालका ‘जाग जाग’ बोल लगायत केही क्रान्तिका गीतहरु गाएकी थिइन् ।
उनले त्यसपछि कलकत्तामा गएर ५ वटा गीत रेकर्ड गराएकी थिइन् ।
उनले २०६१,६२ मा ५६ बर्षपछि ‘जागे नेपाली उठे नेपाली शान्ती लिएर’ भन्ने गीत गाएकी थिइन् ।
रानु पछिल्लो समय मैतिदेवी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनको एक छोरा पनि छन् । उनी अमेरिकामा रहेकोले छोरीसँगै बस्दै आएकी थिइन् ।
रानु डा. शेखर कोइरालको आमा नुना कोइरालाको बहिनी पनि हुन् । बिरगन्जमा जन्मिएकी रानुले धेरै समय बनारसमा बिताएकी थिइन् ।
रानुले ५६ बर्ष पछि गीत गायको बिषयमा एउटा बृत्तचित्र समेत बनाइएको छ । उनले बिराजनगरको एक सरकारी स्कुलमा पनि जागिर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण