मलाई जिउँदो राख्न डाक्टरले थुप्रै लिटर अक्सिजन दिएका थिएः बेलायती प्रम
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री जोनसन २६ मार्चमा कोरोना संक्रमित पाइएका थिए । तत्पश्चात् उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गर्नुपरेको थियो ।
अहिले उनी पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् ।
सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए ।
अस्पतालमा आफूले जतिबेला पनि यो स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै सोचेको गरेको उनले बताए ।
उनकी पार्टनर केरी साइमन्ड्सले बोरिसको उपचारमा खटिएका दुई डाक्टरको नाममा आफूहरुले छोराको नाम राखेको जानकारी दिइन् ।
यी दुईले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलस जोनसन राखेका छन् ।
प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि नै उनीहरुलाई पुत्रलाभ भएको थियो ।
आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिए ।
जोनसनले भने, ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’
डाक्टरहरुले आफ्नो अत्यधिक हेरविचार गरेका कारण आफू निको भएको उनको ठम्याइँ छ ।
बीबीसीका राजनीतिक संवाददाता जोनाथन ब्लेकका अनुसार उनीहरुको यो कुराले थाहा हुन्छ कि प्रधानमन्त्रीको स्थिती कतिसम्मको नाजुक भएको थियो ।
दुई डाक्टरले एक बयान जारी गरेर प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना दिँदै उनीहरुलाई धन्यवाद पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
