३ वर्षपछि उत्तर र दक्षिण कोरियाली सीमामा गोलीबारी
उत्तर र दक्षिण कोरियाली सीमामा आइतबार बिहान गोलीबारी भयो । यससँगै दुई देशबीच तनाव बढेको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले गोलीबारीको सुरुवात गरेपछि दक्षिण कोरियाले पनि जवाफी फायरिङ गरेको हो ।
तीन वर्ष अघि पनि उत्तर कोरियाले यस्तै प्रकारको गोलीबारी गरेको थियो । त्यतिबेला पनि दुई देशबीच थुप्रै दिनसम्म तनाव चलेको थियो ।
क्षतीको खबर छैनः
मिडिया रिपोर्ट अनुसार गोलीबारीमा दुबै तर्फ कुनै पनि क्षती भएको छैन । उत्तर कोरियाले दक्षिण कोरियाको चियोरवान शहरलाई निशाना बनाउने कोसिस गर्यो । यो शहर सीमाभन्दा निकै नजिक छ । त्यसको केही मिनेट पछि नै दक्षिण कोरियाले जवाफी कारवाही गर्यो ।
दुई देशबीच कुराकानीः
घटनापछि दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफले बयान जारी गर्दै भन्यो, ‘हामी इन्टर कोरियन कम्युनिकेशनमार्फत् कुराकानी गरिरहेका छौं । यसमार्फत् तनाव कम गर्नमा मद्दत पाइन्छ । हाम्रो सेना कुनै पनि हमलाको जवाफ दिनका लागि तयार छ ।’
असैन्य क्षेत्रः
उत्तर र दक्षिण कोरियाको ११५ किलोमिटर लामो सीमामा सन् १९५३ मा एक असैन्य क्षेत्र बनाइयो । यहाँ एक कोरिडोर छ । तनावको स्थितीमा दुई देशका सैनिक अधिकारी यहाँ कुराकानी गर्छन् । सन् २०१७ मा उत्तर कोरियाको एक सैनिकले जीपबाट हाम फालेर दक्षिण कोरियाली सीमामा जाने कोसिस गरेको थियो । भाग्ने क्रममा साथीले यी सैनिकमाथि गोली चलाए । पछि दक्षिण कोरियाली सैनिकले उनलाई बचाए । अस्पतालमा भर्ना गराए । उनी स्वस्थ छन् र अहिले पनि दक्षिण कोरियामा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण