समुदाय नै कोरोनाको जोखिममा
सोमबार, २२ वैशाख २०७७, ०७ : २८
काठमाडौं – बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो। संयुक्त अरब इमिरेट्स (यूईए)को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो।
संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट सर्ने कोरोना जोखिम समुदायमा पुगेको छ। यस विषयमा मन्त्रालयका अधिकारीले केही बताएका छैनन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण