कोरोना प्रयोगशालामा बनेको भन्ने अमेरिकी दाबीलाई अष्ट्रेलियाद्वारा खारेज
मङ्गलबार, २३ वैशाख २०७७, १३ : ५८
१
कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको अमेरिकी दाबीलाई अष्ट्रेलियाले खारेज गरेको छ ।
कोरोना प्रयोगशालामा बनेको हो कि भन्ने विषयमा अनुसन्धान गरिनुपर्छ भन्ने विषयलाई अमेरिकाले सधैं उठाउँदै आएको छ र यसमा अष्ट्रेलियाले सधैं अमेरिकालाई साथ दिँदै आएको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस चीनको प्रयोगशालामा तयार गरिएको भनेर दाबी गरेका थिए । चीनले पहिले देखि नै यो दाबी अस्विकार गर्दै आएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफू अमेरिकासँग यो अनुसन्धानमाथि मिलेर काम गरिरहेको तर आफूले अमेरिकाको यो दाबीको समर्थन नगर्ने बताएका छन् ।
उनी भन्छन्, ‘हामी यो सम्भावनालाई पूर्ण रुपमा खारेज गर्न सक्दैनौं तर यो चीनको मार्केटबाट आएको हुनसक्ने केही हदसम्म सम्भावना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण