ह्वाइट हाउस टास्क फोर्स खारेज गर्ने ट्रम्पको घोषणा, के अमेरिकाले कोरोनाविरुद्धको युद्ध जित्यो ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गरिने विषयलाई पुष्टि गरेका छन् ।
टास्क फोर्सले उत्कृष्ट काम गरेको तर अब यसमा परिवर्तन ल्याउनुपर्ने ट्रम्पको धारणा छ ।
अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले पनि कोरोना टास्क फोर्स अबको केही हप्तामा खारेज गरिने जानकारी दिए ।
यतिबेला अमेरिकामा दैनिक औसतमा २० हजार कोरोना संक्रमित भेटिने गरेका छन् जबकी दैनिक एक हजार बढीको मृत्यु भइरहेको छ ।
हालसम्म अमेरिकामा १२ लाख बढी संक्रमित छन् भने करिब ७० हजारको मृत्यु भइसकेको छ ।
ट्रम्पले टास्क फोर्सको समाप्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै यो खारेज गर्नुको अर्थ कोरोनाभाइरसविरुद्धको युद्ध समाप्त भएको भनेर बुझ्न नहुने स्पष्ट पारेका छन् ।
ट्रम्पले भने, ‘यस्तो कुनै पनि हालतमा होइन । मिसन त्यतिबेला पूरा हुनेछ जब यो (कोरोना) समाप्त हुनेछ ।’
ट्रम्पका ज्वाईंले दोस्रो कोरोना टास्क फोर्सको नेतृत्व गर्ने अनुमान गरिएको छ, यसले कारोबार बहालीमाथि ध्यान दिनेछ ।
पत्रकारसँगको कुराकानीमा ट्रम्पले यसबारे इशारा गर्दै भने, ‘हामी आफ्नो मुलुकलाई अबको पाँच वर्षसम्मका लागि बन्द गर्न सक्दैनौं ।’
ह्वाइट हाउसकी प्रेस सचिव केली म्याकएनानीले ती अनुमानलाई पूर्ण रुपमा खारेज गरेकी छिन् जसमा अमेरिकी सरकारले वैज्ञानिक र विशेषज्ञलाई कोरोनाभाइरसबारे निर्णय लिनबाट टाढा राखेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण