बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा प्रहरी कार्यालय मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण

बुधबार, २४ वैशाख २०७७, १८ : ४७
बुधबार, २४ वैशाख २०७७

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पर्सा स्थित विर्ता वडा प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण गरेको छ । 

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाइजर प्रदान गरेको हो  । 

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा निकायलाई केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाखत तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ५ लाख गरि हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ ।

आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप