किशोरीमाथि बलात्कार गरेको आरोपमा क्लिनिक सञ्चालक पक्राउ
रौतहट । रौतहट स्थित एकजना निजी स्वास्थ्य क्लिनिकका सञ्चालक सोही क्लिनिकमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको पश्चिमी भेग फतुवा विजयपुर वडा–४ का ५२ वर्षीय टेकबहादुर चौधरीले आफ्नै सहयोगीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
लामो समयदेखि विजयपुर बजारमा क्लिनिक खोलेर सेवा दिँदै आएका चौधरीविरुद्ध ती किशोरीले जबरजस्ती करणी गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन् ।
जबरदस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले चौधरीलाई ७ दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । आरोपी चौधरी ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पिडित किशोरीको उमेर १५ वर्ष रहेको र अहिले पीडक तथा पिडितको स्वास्थ परीक्षणसमेत भइसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जानकारी दिएको छ ।
पिडित बालिका केही महिनाको गर्भवतिसमेत रहेको स्वास्थ परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ । आरोपी चौधरीले क्लिनिकमै बालिकालाई पटक–पटक बलात्कार गरेको पिडित परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण