क्यानडाः फ्रन्टलाइनमा खटेकाहरुको तलब वृद्धि
शुक्रबार, २६ वैशाख २०७७, ०६ : ४४
क्यानडका प्रधानमन्त्री जस्टिन ट्रुडोले तीन बिलियन डलर फन्डको घोषणा गरेका छन् । यो फन्डको प्रयोग फ्रन्टलाइन वर्कर्सको तलबमा बढोत्तरीका लागि गरिने बताइएको छ ।
बिहिबार आफ्नो दैनिक पत्रकार सम्मेलनमा ट्रूडोले भने, ‘यो देश चलिरहोस् भनेर यदि तपाईंले आफ्नो ज्यान जोखिममा पारिरहनुभएको छ भने तपाईंको तलबमा वृद्धि हुनु तपाईंको अधिकार हो ।’
यो रकमलाई सबै प्रान्तमा बाँडिनेछ र त्यसपछि वितरण निश्चित गरिनेछ ।
ट्रुडोका अनुुसार अत्यावश्यक कर्मचारी धेरैजसो न्यूनतम तलबमा काम गरिरहेका हुन्छन्, उनीहरु निश्चित रुपमा तलब वृद्धिका हकदार हुन् ।
केही प्रान्तमा यो प्रक्रिया सुरु पनि भइसकेको उनले बताए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण