सरकारको विरोध हुने भन्दै करोडौंका उपकरण किन्ने निर्णय गोप्य
शुक्रबार, २६ वैशाख २०७७, ०७ : ०६
काठमाडौं – सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामाग्रीबारे बताएका छैनन् ।
‘हाल आवश्यक नरहेको सामाग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण