बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सामाग्री लिन हिमालय एयरलाइन्सको जहाज छोङ्छिङ् प्रस्थान

शुक्रबार, २६ वैशाख २०७७, १८ : ४०
शुक्रबार, २६ वैशाख २०७७

काठमाडौं– चीनका गन्तव्यहरु ग्वान्झाउ र चाङ्शामा विगत दुई हप्ताभित्र चार वटा सफल कार्गो उडानपश्चात हिमालय एयरलाइन्सले यस महिना चीनका विभिन्न गन्तव्य शहरहरु केन्द्रित केही थप कार्गो चार्टर संचालन गर्न लागेको छ ।

यस अवधिमा तेस्रो गन्तव्य शहरको रुपमा छोङ्छिङ्मा यस एयरलाइन्सले मे ८ र ९ तारिखमा दुई वटा उडानहरु संचालन गर्ने भएको हो । यी दुवै उडानहरुले कोभिड(१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु ढुवानी गर्नेछन् । 

बेइजिङ्गमा नियमित यात्रु उडान संचालनपश्चात यस एयरलाइन्सले २३ जनवरी २०२० मा छोङ्छिङ्लाई चीनको पाचौँ गन्तव्य बनाई प्रति हप्ता एक सिधा उडानमार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो ।

आज साँझ ५ः००बजे एअरबस ३२०(२१४ ९एन–एएलडब्ल्यू कार्गाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको छ । र आजै राति ११ः३५ बजे (स्थानीय समय) छोङ्छिङ् जियाङ्गबे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । उक्त विमान भोलि ४ः३५ बजे (स्थानीय समय)मा स्वास्थ्य सामाग्रीहरु सहित उड्ने र काठमाडौंमा ०६ः३० बजे आगमन हुने तालिका रहेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यस उडानका विषयमा टिप्पणी गर्दै भने,“मुलुकमा कोभिड(१९ का बिरामीहरु बृद्घि भई अनिवार्य स्वास्थ्य सामाग्रीहरुको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर उडानहरुको माग वृद्घि भएको र यस महिना चीनका विभिन्न शहरहरुमा थप चार्टर उडानहरुको सम्झौता गर्न सफल भएकोमा हामी खुसी छौ । छोङ्छिङ् हाम्रो चीनको प्रमुख गन्तव्यहरु मध्ये एक हो जहाँ हामीले कोभिड(१९महामारीको रुपमा फैलिनु अघि उडान शुरुवात गरेका थियौ । हामी यस गन्तव्यमा पुनःजोडिन आतुर छौ यद्यपी हालका लागि कार्गो उडानमार्फत मात्र जोडिदै छौ । हिमालय एअरलाइन्स अत्यावश्यक आपूर्ति प्रणालीलाई कायम राख्ने सिलसिलामा राष्ट्रको बढ्दो आवश्यकताहरुलाई पूरा गर्र्ने कार्य तर्फ सबै सरोकारवालाहरुलाई सहयोग पु¥याउन प्रतिबद्घ छ । ।”

उडानमा सरिक चालकदलले नेपाल सरकारको निर्देशनअनुरुप पालना गर्नुपर्ने आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अबलम्बन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो । उक्त्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामाग्री ल्याउनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप