दिवेशलाई अमेरिकामा जिताउन नेपालमा प्रचार (फोटोफिचर)
शनिबार, २७ वैशाख २०७७, ०९ : ४५
काठमाडौँ । नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । कारण उनी चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् ।
काठमाडौँका स्थायी वासिन्दा रहेका पोखरेलले हासिल गरेको सफलताबाट उनको परिवार र टोलवासी पनि हर्षित् हुने नै भए । त्यही भएर प्रतियोगितामा पोखरेललाई विजयी बनाउन उनको टोलबासी यतिबेला प्रचारमा जुटेका छन् । शनिबार पोखरेललाई भोट गर्न अपिल गर्दै प्लेकार्ड बोकेर उनीहरु कलंकीको सडकमा ओर्लिएका थिए ।

नेपालबाट औपचारिकरुपमा पोखरेललाई भोट गर्न नमिले पनि भीपीएनको प्रयोग गर्न भोट गर्न भने सकिन्छ । नेपाली मूलका प्रशान्त तामाङलाई इन्डियन आइडलमा जिताएको नेपालीले अर्थर गनलाई अमेरिकन आइडलमा जिताउन सक्छन् कि सक्दैनन् भने हेर्न बाँकी छ ।

आइतबार प्रयोगिताको टप ७ छानिने छन् भने आगामी मे १७ मा नयाँ अमेरिकन आइडल छानिनेछन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण