खाद्य कम्पनी चार जिल्लाबाट गहुँ खरीद गर्दै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद गर्न शुरु गरेको छ । कम्पनीले छुट्याएको चारमध्ये दुई जिल्लामा खरीद प्रक्रिया शुरु भएको र अन्य दुईमा तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यही वैशाख २३ गतेदेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद भइरहेको छ । उनका अनुसार विभिन्न कारणले बाँके (नेपालगञ्ज) र रुपन्देही (भैरहवा)मा खरीद प्रक्रिया शुुरु हुन सकेको छैन ।
कोभिड–१९ का कारण नेपालगञ्जमा खरीद प्रक्रियामा केही समस्या आएको छ भने केही दिनमा भैरहवामा प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।
कम्पनीले धनगढी र राजापुरमा दशदश हजार तथा नेपालगञ्ज र भैरहवामा पाँचपाँच हजार क्विन्टल गरी ३० हजार क्विन्टल (तीन हजार टन) गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।
उनका अनुसार धनगढीमा एक हजार ५५० र राजापुरमा ९६१ क्विन्टल गरी दुई हजार ५१० क्विन्टल गहुँ खरीद भइसकेको छ ।
यही वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो ।
मन्त्रालयले रु दुई हजार ३१९ उत्पादन लागत, रु २३१ ढुवानी खर्च र किसानलाई रु ४६३ नाफासहित रु तीन हजार १५ समर्थन मूल्य रहने गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
सरकारले पहिलो पटक गहुँको समर्थन मूल्य तोकेको कम्पनीले जनाएको छ ।
सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीको नियमित कार्यक्रमअन्तर्गत गहुँ खरीदमा रु नौ करोड पाँच लाख विनियोजन गरिएको छ ।
उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २६५ टन र २०७५/७६ मा ३८१ टन गहुँ किसानबाट खरीद गरिएको थियो । उक्त समयमा स्थानअनुसार औसत प्रतिक्विन्टल रु दुई हजार ७०० सम्म परेको कम्पनीले जनाएको छ ।
कम्पनीले खरीद गरेको गहुँ उपभोक्ताको मागअनुसार दुर्गम जिल्लासँगै काठमाडौँमा समेत बिक्री गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण