उपचारका लागि न्युयोर्क जानअघि ऋषिले दिएका थिए रवीनाका पितालाई सर्प्राइज
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको यही अप्रिल ३० गते निधन भएको थियो । ऋषि कपुरसँग निकै नजिक रहेकी नायिका रवीना टन्डनले एउटा भिडियो सेयर गरेकी छन् जसमा ऋषिले उनको पिताको लागि एउटा भावुक सन्देश दिएका छन् ।
रवीनाले आफ्नो इन्सटाग्राममार्फत भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘प्रिय चिन्टु अंकल, यहाँ तपाईंलाई हरेक दिन याद गरिन्छ । न्युयोर्कमा उपचारका लागि जान ठीकअघि उनले बुवाको लागि यो भिडियो रेकर्ड गर्नुभएको थियो । र, बुवाको जन्मदिनमा अचानक पुगेर वहाँलाई सर्प्राइज पनि दिनुभएको थियो । तपाईं जहिले पनि हाम्रो घर र हाम्रो मुटुमा रहनुहुनेछ ।’
रवीना टन्डनका पिता रवि टन्डन फिल्म निर्देशक र निर्माता हुन् । उनले ऋषि कपुरसँग ‘खेल खेल मे’, ‘झुठा कहीँ का’, ‘राही बदल गए’ र ‘आन और शान’ मा सँगै काम गरेका थिए । दुईबीच ४२ वर्षको लामो मित्रता रहेको थियो ।
भिडियोमा रविको जन्मदिनमा ऋषिले उनलाई भिडियो सन्देशको माध्यमबाट शुभकामना दिएका छन् । त्यसपछि सर्प्राइज दिन ऋषि उनकै घरमा पुगेका थिए ।
ऋषि कपुरको निधनपछि रवीनाले भावुक पोस्ट सेयर गर्दै उनीसँग बाल्यकालमा बिताएका पलहरु सम्झिएकी थिइन् । रवीनाका अनुसार ऋषिले उनलाई नभनी नीतूसँग इन्गेजमेन्ट गरेका थिए । उनलाई मनाउनका लागि ऋषिले पेरिसबाट गुडिया किनेर ल्याइदिएका थिए । रवीना र ऋषिले सन् १९९५ मा बनेको फिल्म ‘साजनकी बाहो’ मा सँगै काम गरेका थिए ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण