गम्भीर कुटनीतिक पहल र कानुनी उपचारमा लाग्नु वेश होला: बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कालापानी र लिपुलेकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर कुटनीतिक पहल लिन आग्रह गरेका छन् । आइतबार साँझ ट्वीट गर्दै नेता भट्टराईले वक्तव्यवाजीको सट्टा गम्भीर कुटनीतिक पहल र कानुनी उपचारको तयारीमा लाग्न आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य रहेको समेत बताएका छन् ।
उनले भनेका छन्, ‘लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ, लिपुलेकवारे सबै राजनीतिक दल र जनस्तरबाट स्वस्फूर्त रूपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ।यसलाई प्रम@kpsharmaoli ले आफ्नो गैरजिम्मेवारीपन,अन्तर्राष्ट्रिय अविश्वसनीयताको अनुमोदन ठान्ने गल्ती गर्नुभएन! बक्तव्यवाजी सट्टा गम्भीर कुटनीतिक पहल,क़ानूनी उपचारको तयारीमा लाग्नु वेश होला !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण