न्यूजिल्याण्डमा भेटिएनन् नयाँ संक्रमित
मङ्गलबार, ३० वैशाख २०७७, १२ : २३
न्यूजिल्याण्डमा सोमबार कोरोनाभाइरसका कोही पनि नयाँ संक्रमित भेटिएनन् ।
त्यहाँ कूल १४ सय ९७ संक्रमित भेटिएका छन् र यीमध्ये १५ प्रतिशत निको भइसकेका छन् ।
न्यूजिल्याण्डमा कोरोनाका कारण २१ जनाको ज्यान गएको छ र यो आँकडामा वृद्धि भएको छैन ।
त्यहाँ दुई जना अस्पतालमा छन् भने कोही पनि बिरामी आइसीयूमा छैनन् ।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले लकडाउनमा दिइएको राहत बढाउने निर्णय गरेकी छिन् ।
यस्तै, किराना पसल, सिनेमा घर, खेल मैदान र जिम खोलिँदैछन् ।
यद्यपि, सामाजिक दुरीको नियम पहिले झैं लागू हुनेछन् । १८ मे देखि सामान्य रुपमा विद्यालय खोलिनेछन् जबकी २१ मे पछि बार खोलिने योजना छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण