बारामा निषेधाज्ञा जारी, वीरगञ्जतर्फको सवारी आवागमन पूर्ण रुपमा बन्द
मङ्गलबार, ३० वैशाख २०७७, १९ : ४९
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । मंगलबार बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने उद्धेश्यसहित निषेधाज्ञा जारी गरिएको बैठकपछि जारी विज्ञिप्तमा जनाइएको छ ।
बैठकले बीरगञ्जतर्फबाट आउने सवारी आवागनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै भारततर्फबाट आउने नाका समेत बन्द गर्ने निर्णय गरेको छ । बैठकले सर्वसाधारणहरुलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत आह्वान गरेको छ । मंगलबार मात्र बारा र पर्सा लगायत २ नम्बर प्रदेशका जिल्लाहरुमा २ पत्रकारसहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण