बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बारामा निषेधाज्ञा जारी, वीरगञ्जतर्फको सवारी आवागमन पूर्ण रुपमा बन्द

मङ्गलबार, ३० वैशाख २०७७, १९ : ४९
मङ्गलबार, ३० वैशाख २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । मंगलबार बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने उद्धेश्यसहित निषेधाज्ञा जारी गरिएको बैठकपछि जारी विज्ञिप्तमा जनाइएको छ ।

बैठकले बीरगञ्जतर्फबाट आउने सवारी आवागनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै भारततर्फबाट आउने नाका समेत बन्द गर्ने निर्णय गरेको छ । बैठकले सर्वसाधारणहरुलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत आह्वान गरेको छ । मंगलबार मात्र बारा र पर्सा लगायत २ नम्बर प्रदेशका जिल्लाहरुमा २ पत्रकारसहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप