इन्द्रधनु
शुक्रबार, ०२ जेठ २०७७, ०८ : ०२
रमेशचन्द्र घिमिरे
पाताल छेडी उम्रियौ कि स्वर्ग हुँदै झर्यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्यौ
नुहाएर सफा भई घाम ताप्न आउँछिन्
डाँडापाखा, खोलानाला, हिमाल हेर्न पाउँछिन्
फूलसित पैँचो लिई जिउमा रङ्ग भर्यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्यौ
आकाशमा देखा पर्दा सप्तरङ्गी धर्को
खुसी हुँदै बादलुले ओडाउँछ बर्को
घामपानीको मौका छोपी बल्ल साइत गर्यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्यौ ।

- भोर्लेटार, लमजुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण