बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

आमा–बुवा र छोरालाई गुमाएर डिप्रेशनमा थिइन् सेलिना, आमाको अन्तिम इच्छा पूरा गर्न फिल्ममा फिर्ता

शुक्रबार, ०२ जेठ २०७७, १० : ३१
शुक्रबार, ०२ जेठ २०७७

बलिउडमा कुनै बेलाकी चर्चित नायिका सेलिना जेटली बलिउडमा आफ्नो दोस्रो यात्राका लागि निस्किएकी छिन् । यसका लागि उनले राम कमल मुखर्जीद्वारा निर्देशित ‘सिजन्स ग्रिटिङ्ग्स’ नामको ड्रामा फिल्ममार्फत् डेब्यू गरेकी छिन् । यो ड्रामा फिल्म जीफाइभमार्फत् स्ट्रिमिङ भइरहेको छ ।  अस्ट्रियामा बसिरहेकी सेलिना कुनै बेला डिप्रेशनसँग जुधिरहेकी थिइन् । भारतीय मिडिया भास्कसँगको कुराकानीमा उनले आफ्ना कुरा साझा गरेकी छिन् ।

‘सिजन्स ग्रिटिङ्ग्स’ ले कस्तो प्रतिक्रिया पायो  ?

भगवानको कृपाले राम कमलद्वारा निर्देशित ‘सिजन्स ग्रिटिङ्ग्स’ का लागि क्रिटिक्स र दर्शक दुबैको प्रेम पाएको छ । म असाध्यै खुसी छु किनभने यहाँसम्म पुग्नका लागि मैले धेरै वर्षसम्म प्रतिक्षा गर्नुपर्यो । एक्टरको रुपमा पहिलो पटक यति प्रशंसा पाइरहेकी छु । मैले मात्रै होइन निर्देशक राम कमल मुखर्जीले पनि ।

कमब्याकका लागि यही फिल्म किन छान्नुभयो ?

म फिल्ममा निकै अघि नै फिर्ता हुन चाहन्थेँ तर गत वर्ष मेरो आमा बुवाको निधन पछि आमाको अन्तिम इच्छा पूरा गर्नका लागि म फिल्ममा फिर्ता भएँ । मेरी आमाले सधैं म फिल्ममा फिर्ता होस् भन्ने चाहनुहुन्थ्यो । रामले फिल्मको कहानीले आमा छोरीको सम्बन्ध र समलैङ्गिकताको सुन्दर कथा दर्साउँछ । म यसबाट निकै प्रभावित भएँ ।

फिल्मबाट किन टाढा हुनुभयो ?

मेरो फिल्म यात्रा राम्रो रह्यो तर १६–१७ वर्षको उमेरदेखि लगातार काम गरेर म थाकिसकेकी थिएँ । आफ्नो जीवन पनि बाँच्न चाहन्थेँ । म दुईपटक जुम्ल्याहा सन्तानकी आमा पनि भएँ र थुप्रै देशमा बसेँ ।

कहिले कास्टिङ काउच वा मि टू को सामना गर्नुभयो ?

कास्टिङ काउचको सबैले कुनै न कुनै बेला सामना गर्नुपरेकै हुन्छ । मैले ‘हुँदैन’ भनेर अघि बढेँ । धेरै राम्रा मानिसहरु पनि भेटेँ । जीवनमा उतार–चढाव आइरहन्छन् । हामी अघि बढिरहनुपर्छ ।

डिप्रेशनसँग कसरी गर्नुभयो सामना ?

आमा–बुवा र छोराको निधन लगभग एकैपटक भयो, त्यसपछि म डिप्रेशनमा गएँ । सिजन्स ग्रिटिङ्ग्स, श्रीमान् र साइकोलोजिकल काउन्सिलिङको मद्दतले अब म ठिक छु ।

ANNOUNCING THE BITTERSWEET ARRIVAL OF OUR 2nd SET OF TWINS When it rains look for rainbows, when it's dark look for...

Posted by Celina Jaitly Fan page on Saturday, 30 September 2017

अस्ट्रियामा कोरोना भाइरसको स्थिती कस्तो छ ?

हामी निकै लामो समयदेखि लकडाउनमा छौं । अस्ट्रियाका प्रधानमन्त्रीले इटलीको स्थिती देखेर नै मार्चमा लकडाउन गरिदिएका छन् । अब बिस्तारै स्थिती ठिक भइरहेको छ । म सिजन्स ग्रिटिङ्ग्सको प्रोमोसन र बच्चाहरुलाई पढाउनमा व्यस्त छु । लकडाउनका कारण मलाई आफ्ना बच्चाहरुलाई हिन्दी, संस्कृत मन्त्र र महाभारत–रामायण आदि सिकाउने समय पाइरहेकी छु, जुन सामान्य दिनमा पाइँदैन ।

छोराहरुलाई भारतीय संस्कृति र सभ्यतासँग कसरी जोड्नुहुन्छ ?

कोसिस त जारी छ । हिन्दी, संस्कृत श्लोक र धार्मिक कहानी सिकाइरहेकी छु । सजिलो छैन, किनभने बच्चाहरु जर्मन बोल्छन् र पढाई पनि जर्मनमा नै हुन्छ, तर कोसिस जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप