काठमाडौंमा स्थानीयवासीले नै लकडाउनलाई थप कडा बनाए
काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै टोरी टाँगेर उपभोक्तले बाहिरैबाट पैसा दिने र सामग्री लिने व्यवस्था गरिएको छ ।
एक टोलबाट अर्को टोलसम्म कसैको पनि आवतजावत नहोस् र भाइरसको जोखिम कम गर्नका लागि स्थानीयले यस किसिमको व्यवस्था लागू गरेका हुन् । अहिले असन, इन्द्रचोक दमाईंटोल, ताम्सीपाखा, नरदेवी, ढोकाटोल, भुरुङ्खेल, क्षेत्रपाटीलगायतका स्थानबाट अयन्त्र जान पाइने छैन भने अन्यत्रबाट आउन पनि पाइँदैन । पानीको गाडी, एम्बुलेन्स, सञ्चार संस्था, खाद्य सामग्रीलगायत अत्यवश्यक सामग्री ढुवानी गर्ने यातायातका सामान बोक्ने गाडीको हकमा भने निर्वाध आवतजावत गरिरहेका छन् ।
यस स्थानमा स्थानीय युवा स्वयंसेवकका रुपमा खटी लकडाउनको पालना गराएका छन् । केही दिनअघि मात्र लकडाउनको खासै पालना भएको नदेखिने यी स्थानमा अहिले पूर्णपालन भएको छ ।
अहिले यी स्थानका घरमा कोही नयाँ मान्छे आए पनि सम्बन्धित वडा कार्यालयमा जानकारी हुने गरेको छ । नयाँ मान्छे नल्याउन र कोहीकहीँ नजानका लागि सबैलाई सम्बन्धित वडाले कडा गरेको छ कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने ।
उनले भने, ‘अवस्था जटिल बन्दै गएकाले अब नागरिक अटेर गरी सडकमा निस्के केन्द्र सरकारको सहयोगमा थप कारवाहीको प्रक्रिया अघि बढाइनेछ ।’ कामपाले जोखिम हुन नदिन उपत्यका प्रवेश गर्ने र जाने क्रमलाई तत्काल रोक्न केन्द्र सरकासँग माग पनि गरेको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण