कालिमाटी वृत्तमा कार्यरत सई र जवानमा कोरोना संक्रमण, पुरै वृत्त सिल गरियो
कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । मङ्गलबार साँझ आएको पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी स्रोतले बताएको छ ।
संक्रमणको कुनै संकेत नदेखिएको भएपनि गत आइतबार वृत्तमा कार्यरत केही प्रहरीहरुको स्वाब टेष्ट गरिएको थियो । उक्त टेष्टको रिपोर्ट मङ्गलबार साँझ आएको र उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बताएको छ ।
कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ ।
पूरै वृत्त सिल, ड्युटी बन्द
महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ । वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको थियो ।
वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ ।
कोरोना संक्रमण पुष्टी भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए । अब उनीहरुको परिवारको सदस्यको पनि नमुना सङ्कलन गर्न लागिएको प्रहरीले जनाएको छ ।
वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ । अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण