संयुक्त राष्ट्र संघका महासचिवले भने, ‘कोरोनालाई कसरी नियन्त्रण गर्ने, विकसित राष्ट्रले अफ्रिकी देशबाट सिक’
बुधबार, ०७ जेठ २०७७, १० : ०६
संयुक्त राष्ट्र संघका महासचिव एनटोनियो गुटेरेसले विकसित देशले कोरोना महामारी नियन्त्रणका लागि अफ्रिकी देशबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
बुधबार फ्रान्सको एउटा रेडियो च्यानलसँगको कुराकानीमा उनले भने, ‘महामारीको विषयमा सुरुवाती चरण्मा जस्तो अनुमान लगाइएको थियो, कोभिड–१९ को संक्रमण अफ्रिकी देशमा निकै कम गतीमा फैलिएको छ । ’
उनले थपे, ‘यसको ठूलो कारण यो हो कि अधिकांश अफ्रिकी सरकार र संस्थाले यो महामारीलाई दृष्टिगत गर्दै सही समयमा सही कदम उठाए । यो नै ठूलो पाठ हो किनभने विकसित देशले यस्तो गरेनन् ।’
अफ्रिकी महाद्वीपमा कोभिड–१९ का कारण ३ हजारभन्दा पनि कमको मृत्यु भएको छ र हालसम्म ८८ हजार संक्रमित फेला परेका छन् ।
जबकी संसारभरी हालसम्म तीन लाख ३४ हजार बढीको कोभिड–१९ का कारण हुने संक्रमणका कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण