बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्र संघका महासचिवले भने, ‘कोरोनालाई कसरी नियन्त्रण गर्ने, विकसित राष्ट्रले अफ्रिकी देशबाट सिक’

बुधबार, ०७ जेठ २०७७, १० : ०६
बुधबार, ०७ जेठ २०७७

संयुक्त राष्ट्र संघका महासचिव एनटोनियो गुटेरेसले विकसित देशले कोरोना महामारी नियन्त्रणका लागि अफ्रिकी देशबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

बुधबार फ्रान्सको एउटा रेडियो च्यानलसँगको कुराकानीमा उनले भने, ‘महामारीको विषयमा सुरुवाती चरण्मा जस्तो अनुमान लगाइएको थियो, कोभिड–१९ को संक्रमण अफ्रिकी देशमा निकै कम गतीमा फैलिएको छ । ’

उनले थपे, ‘यसको ठूलो कारण यो हो कि अधिकांश अफ्रिकी सरकार र संस्थाले यो महामारीलाई दृष्टिगत गर्दै सही समयमा सही कदम उठाए । यो नै ठूलो पाठ हो किनभने विकसित देशले यस्तो गरेनन् ।’

अफ्रिकी महाद्वीपमा कोभिड–१९ का कारण ३ हजारभन्दा पनि कमको मृत्यु भएको छ र हालसम्म ८८ हजार संक्रमित फेला परेका छन् ।

जबकी संसारभरी हालसम्म तीन लाख ३४ हजार बढीको कोभिड–१९ का कारण हुने संक्रमणका कारण मृत्यु भएको छ ।

स्रोतः बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप