ब्राजिलले विवादित एन्टी–मलेरिया औषधीको प्रयोगमा दियो अनुमती
ब्राजिलका स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको द्वारा संक्रमितको उपचारका लागि दुई एन्टी–मलेरिया औषधीको अनुमती दिएको छ ।
क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ को उपचारमा प्रभावकारी हुने यस्तो कुनै पनि प्रमाण हालसम्म भेटिइसकेको छैन ।
मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सोसल मिडियामा होइड्रोक्सिक्लोरोक्विन यो भाइरसको उपचारमा अत्यधिक प्रभावकारी भएको बताएका थिए ।
यद्यपि, पछि फेसबु र ट्वीटरले गलत समाचार फैलाएको भन्दै उनको पोस्ट डिलिट गरेको थियो ।
सोमबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्लोरोक्विन सेवन गरिरहेको बताएका थिए ।
तर अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यो औषधीलाई सुरक्षित र प्रभावकारी नपाइएको बताएको छ ।
यो औषधीको गम्भीर दुष्परिणाम देखिएको छ । यसले आँखा र मुटुलगायत अन्य अंगमा गम्भीर असर पार्ने बताइएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण