आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्राजिलले विवादित एन्टी–मलेरिया औषधीको प्रयोगमा दियो अनुमती

बिहीबार, ०८ जेठ २०७७, ०६ : ४४
बिहीबार, ०८ जेठ २०७७

ब्राजिलका स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको द्वारा संक्रमितको उपचारका लागि दुई एन्टी–मलेरिया औषधीको अनुमती दिएको छ ।

क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ को उपचारमा प्रभावकारी हुने यस्तो कुनै पनि प्रमाण हालसम्म भेटिइसकेको छैन ।

मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सोसल मिडियामा होइड्रोक्सिक्लोरोक्विन यो भाइरसको उपचारमा अत्यधिक प्रभावकारी भएको बताएका थिए ।

यद्यपि, पछि फेसबु र ट्वीटरले गलत समाचार फैलाएको भन्दै उनको पोस्ट डिलिट गरेको थियो ।

सोमबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्लोरोक्विन सेवन गरिरहेको बताएका थिए ।

तर अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यो औषधीलाई  सुरक्षित र प्रभावकारी नपाइएको बताएको छ ।

यो औषधीको गम्भीर दुष्परिणाम देखिएको छ । यसले आँखा र मुटुलगायत अन्य अंगमा गम्भीर असर पार्ने बताइएको छ ।

 स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप